मौसम कोरोना र नौमुले को समृद्धि,
किशोर सुवेदी ,

बैशाख १५ काठमान्डौ – बैशाख को महिना मौसम ज्यादै चिसो छ। पानी बर्षात को जस्तै झमझम परिरहेको छ।अहिले खेतिवाली घर भित्र्याउने समय हो ।
मौसम हेर्दा त्यस्तो लाग्दैन ,असारको महिना खेत रोप्दा बर्सिने झरी जस्तै छ।चिसोको अनुभव पौष माघ को जस्तै छ ।ज्याकेट नलगाई ,सिरक नओडेर आगो नतापेर बस्न सकिने अवस्था छैन ।
यो समय गर्मी ले गर्दा सितलमा बस्नुपर्ने बेला हो।बारीभरी गहुँ ,केराउ ,पाकेर पहेलै भएका छन।पानी निरन्तर परिरहेको छ।केही ले गहुँ काटे पनि धेरै जसोको काटन बाकी नै छ।

गाउँमा छ महिना खाने खेती नै गहुँ हो। मौसम खराबी का कारण किसानहरुले समयमै बाली भित्र्याउन पाएका छैनन् ।किसानहरु लाई पानीको भन्दा पनि मुख्य चिन्ता असिना को छ।
यदि असिना परिदियो भने घर भित्र्याउने बेलाको पाकेको बाली सबै नस्ट गराइदिन्छ।जसको प्रत्यक्ष मार खेतीपाती गरेर जीवन चलाउने किसानलाई पर्छ।यहाँ प्रबिधि सहित को बैज्ञानिक कृषि प्रणाली छैन ।
किसानहरु परम्परागत कृषि गर्नै मै ब्यस्त छन।त्यही पनि मौसमले साथ दिएन भने बर्ष भरी गरेको मेहनत क्षण भरमै नस्ट हुन्छ।
जसको जमिन धेरै छ उसलाई मौसमले साथ दियो भने खान पुग्छ बाकी थोरै जमिन हुने किसानहरु लाई बर्षभरि खान पुग्दैन ,खाना खर्च र अन्य घरायसी खर्च धान्नका लागि भारत लगायत का खाडि मुलुकहरूमा पैसा कमाउनका लागि काम गर्न जानुपर्छ ।
त्यही पनि साहुहरु बाट थुप्रै किसान मजदुरवर्गहरु ठगीएको हामीले समाचार सुनेका छौ प्रत्यक्ष देखेका छौ।
आज विश्व सारा कोरोना (कोभीड१९)भाइरस बाट आतंकित र संक्रमीत भैराखेको छ।दुई लाख भन्दा धेरै ले ज्यान गुमाइसकेका छन।लाखौंको संख्यामा संक्रमीत छन।
अहिलेसम्म बिश्वकै शक्तिशाली रास्ट्र अमेरिका मा कोरोना भाइरस का कारण ले मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ।चीनबाट फैलिएको कोरोना भाइरस आज विश्वब्यापी महामारीको रुपमा फैलिएको छ।
कोरोना को महामारी भाइरस बाट नेपाल पनि अछुत हुन सकेन ।यसको रोकथामका लागि नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको छ।
लकडाउन घोषणा गरेको पनि एक महिना भैसकेको छ।अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५३ नागिसकेको छ।संख्या बढदो क्रममा छ भने निको हुनेको संख्या पनि बढदो क्रममा छ।
सुरुसुरुमा नेपालीहरु कोरोना बाट बढी त्रसित भए पनि अहिले नेपालमा कोरोना ले महामारीको रुप लिन्छ भनेर त्यति विस्वस्थ छैनन्।
सहरमा मानिसहरु घर भित्रै बस्ने प्राय बाहिर निस्किने नगरे पनि गाउघर तिर सहर को जस्तो अवस्था छैन ।सबै मान्छे निस्फिक्री रूपमा आ-आफ्नै काममा ब्यस्त छन।
लकडाउन का कारण सबै उद्योगधन्दा हरु पुर्ण रूपमा बन्द छन।विकास निर्माणका कामहरु रोकिएका छन।थुप्रै मान्छेहरु शिक्षा ,स्वास्थ्य लगायतका सुबिधाहरु बाट बन्चित छन।दीर्घ रोग भएकाहरु उपचारमा जान पाएका छैनन् ।
जसको प्रत्यक्षदर्शी स्वयम पंक्तिकार छ।सुर्खेत जिल्ला प्रशासन कार्यलयमा पासको लागि जादा त्यहाँ एकजना सुगर र प्रेसर को बिरामी पनि पासको लागि जानुभएको थियो ।
सुर्खेतमा उहाँले प्रयोग गरेको औसधि पाइनेरहेनछ।जसको लागि उहाँ नेपालगन्जसम्म जानुपर्ने ।तर उहाँले पास पाउनु भएन।आफन्त को निधन भएकाहरु संबंधित ठाउमा जान पाएका छैनन्।यी प्रतिनिधि मुलुक घटना मात्रै हुन।

यसरी लकडाउन को पिडामा तल्लो स्तरका नागरिकहरु परेका छन।अहिले देशभर आ-आफ्ना ठाउका मान्छेहरु लाई विभिन्न स्थान बाट संबंधित ठाउ सम्म पुर्याउने लहर चलेको छ।
चर्चामा आउनकै लागि काम नगरे पनि सामाजिक संजालका भित्ताहरु रंगाउने को संख्या कम छैन।सामान्य नागरिक देखि उच्च ओहोदाका मन्त्रीहरु मजदुर र किसानका नाममा सेलेब्रिटि बन्ने दाउमा भएको देखिन्छ ।
जसले काम गरेको छ उसको प्रचार छैन जसले काम नगरी सामाजिक संजाल मा फोटो राखी उद्दार गरि फलानो लाई सहयोग गरियो भनि लेख्छ उसको प्रचार बढी भएको देखिन्छ ।
वास्तविक मजदुरलाई राहत वितरण गर्नेको संख्या कम छ।तर चामलका बोराहरु क्यामेरा को अगाडि राखी आफू साइडमा उभिएर राहत वितरण गरि सहयोग गरियो भनी मजदुर र किसानका नाममा आफू चर्चामा आउनेको संख्या कम छैन ।
अर्का को सिको गर्दै काम नगरी जनतामा भ्रम सिर्जना गरि चर्चित बन्नेको संख्या कम छैन।भ्रमको मारमा गाउघरका सोजा आम नागरिकहरु परिरहेका छन।
फलानो ब्यक्तिले राहत वितरण गरिरहेको छ रे विभिन्न ठाउका मान्छेहरुको उद्दार गरिरहेको छ रे भन्ने सुनिन्छ सोजा जनताहरु बाट किन कि उसले खोक्रा गफ लगाएर जनतामा भ्रम सिर्जना गरिइरहेको छ।
अनि जनता भ्रमित भैरहेका छन।अहिले कस्मेटिक हरुको रजाइँ चलिरहेको छ।काम केही पनि गरेको छैन प्रचार सारा गरिसकेको जस्तरी गरिरहेको छ।
यो पंक्तिकार अहिले गाउँमा छ।नौमुले गाउँपालिका जो प्रदेश मुकाम देखि धेरै टाढा छ।दैलेख सदरमुकाम संग सिमाना जोडीएको गाउँपालिका हो नौमुले।
जहाँ ८ वटा वडापालिकाहरु छन।स्थानीय चुनावमा मुख्य तीन दल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।तिनै दलका चुनावी घोषणापत्रहरु यो पंक्तिकार संग सुरक्षित छन।
जुन दलले अहिले स्थानीय सरकार चलाइरहेको छ ।सोही दलले जनता माज गरेका चुनावी घोषणा १५ प्रतिशत पनि पूरा भएका छैनन् ।
जनता माझ गरेका प्रतिबद्धता बिपरित का कामहरु भइरहेका छन।अनुत्पादक मुलक कार्यहरूमा बजेट खर्च भैराखेको छ।पक्की बाटो ,एफएम रेडियो ,वाइफाइ ,क्याम्पस स्थापना लगायत का प्रतिबद्धताहरु घाममा सुकेका छन।
अरु कुरा छोडौ अहिले सारा विश्व कोरोना संक्रमण मा त्रसित छ। यो पंक्तिकार सुर्खेत हुदा नौमुले मा माक्स लगायत खाद्यन्न वितरण को खबर सुनिएको थियो।तर प्रत्यक्ष गाउँमा जादा एउटा घरमा एउटा माक्स वितरण गरिएको भन्ने खबर पाए।
त्यही पनि कसैको घरले नपाएको रैछ।खाद्यान्न बस्तुहरु पनि किनेर लिने ब्यवस्था मिलाएको छ भन्ने खबर सुनेको छु आम जनता बाट ।अनुत्पादक मुलक कार्यहरुमा बजेट खर्च भएको छ ।
यहाँका हजारौं युवाहरू बेरोजगारीका कारण खाडिमुलुकमा र भारतमा ज्यालामजदुरी गर्न बाध्य छन।ती युवाहरुको आकडा गाउँ तथा वडा प्रमुखहरु संग छैन ।
ती सम्पुर्ण युवाहरुलाइ गाउँ फिर्ता गरि उत्पादनमूलक कार्यमा लगाइ रोजगारी को स्थिति सिर्जना गर्न तर्फ ध्यान दिनुपर्ने हो।यसोगरेको खण्डमा गाउँको विकास र समृद्धि खोज्न धेरै टाढा खोज्न जानुपर्ने थिएन।
प्रेस संगठन कर्णाली प्रदेश सदस्य,
किशोर सुवेदी ,
