बाबुराम भट्टराईको अन्तरवार्ता सार्वजनिक गर्न रेडियो नेपाललाई कसले रोक्यो ,

बैशाख १५ काठमान्डौ – जनता समाजवादी पार्टी, नेपालका नेता डा बाबुराम भट्टराईले सोमबार बिहान सरकारी सञ्चारमाध्यम रेडियो नेपाललाई दिएको अन्तरवार्तालाई लिएर रेडियो नेपालले सार्वजानिक गरेको छैन ।

बिहान ६ बजे अन्तरसंवाद कार्यक्रममा डा भट्टराईलाई अतिथिको रुपमा निम्त्याइएको थियो ।उक्त अन्तर्वार्तामा भट्टराईले प्रधानमन्त्री ओलीको खुलेरै आलोचना गरेपछि रेडियो नेपालले सार्वजानिक गरेको छैन ।

बल्कि भट्टराईले ओलीप्रति लक्षित गरि प्रयोग भएका भाषा र विचारले दुखी तुल्याएको भन्दै रेडियो नेपालले एक विज्ञप्ति जारि गरेको छ ।

lekbesi

कार्यक्रममा बाबुराम भट्टराईले प्रधानमन्त्रीलाई निरङ्कुश, उदण्ड र भष्मासुर जस्ता शब्दको चयन गर्दै कडा आलोचना गरेका थिए ।

विज्ञप्तिमा कार्यक्रम प्रत्यक्ष प्रशारण भएकाले आवश्यक सम्पादन गर्न नसकेको भन्दै माफी समेत मागेको छ ।

अन्तरवार्तापछि प्रधानमन्त्री कार्यालयले चासो राख्दै रेडियो नेपालका वरिष्ठ अधिकारीहरुलाई फोन गरको रेडियो नेपाल स्रोतले जनाएको छ । सो अन्तरवार्ता नवराज लम्सालले लिएका थिए ।

अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरुमा अतिथि चयन गर्दा गम्भीर रुपमा सचेत रहने कार्यकारी निर्देशक सुरेश कुमार कार्कीको हस्ताक्षति विज्ञप्तिमा प्रतिबद्धता व्यक्त गरिएको छ ।