Simta
Simta
lekbesi

ससुरालीबाट फर्किदै गरेका व्यक्तिको झोलामा ब्राउन सुगर र लागुऔषध,

Gurvakot

बैशाख १५ ,नवलपरासी पश्चिम – ब्राउन सुगर र लागूऔषधि सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका वडान-३ कुस्माका ३४ वर्षीया शेषकान्त उपाध्याय छन् ।

नवलपरासी पश्चिमको सीमावर्ती नाकाबाट शसस्त्र प्रहरी बल नेपाल बिओपी भूजहवाबाट खटिएको गस्ती टोलीले सरावल गाउँपालिकाको भुजहवा नाकाबाट फकर्दै गरेका शेषकान्तलाई पक्राउ गरेको बताएको छ ।

lekbesi

भारतमा आफ्नो सुराल गएको र फर्कदै गरेको अवस्थामा ब्राउन सुगर र लागूऔषधि सहित पक्राउ गरिएको शसस्त्र प्रहरी बल नेपाल न २६ गण हेडक्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले जानकारी दिए।

लकडाउनको समयमा सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचाल गरेपनि एकान्त स्थानबाट उनले भारतीय स्कुटीमा राखेर लागूऔषध ल्याईएको खनियाले बताए ।

उनको साथबाट ७/१५ ग्राम ब्राउन सुगर, विभिन्न नामका ८ सय १४ पिस लागूऔषध इन्जेक्सन २ सय पिस र विभिन्न नामका सिरफ लागूऔषध ७७ पिस बरामद भएको हो ।

पक्राउ परेका उपाध्याय र बरामद भएका लागूऔषध आवश्यक अनुसन्धानका लागि सीमा प्रहरी चौकी महेशपुरमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले थप अनुसन्धानमा सहयोग हुने भन्दै उपाध्यायकी श्रीमती र छोरालाई पनि प्रहरीको जिम्मा लगाइएको छ । श्रीमती संगै उनका ३ वर्षे छोरा छन् ।

अंगद यादव/ नवलपरासी पश्चिम,

Simta