यो समय भनेको सत्ता र स्वार्थको लागी चलखेल गर्ने समय होइन महावीर पुन ,

बैशाख १६ काठमान्डौ – यो समय भनेको सत्ता र स्वार्थको लागी चलखेल गर्ने समय नरहेको राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनले सुझाव दिएका छन् ।

देश कोरोना महामारीसंग जुध्ने बेलामा फकाई फुल्याई गर्ने, बार्ता गर्ने, फुटाउने, धम्क्याउने, भागबण्डा गर्ने समय हुँदै नभएको पुनले बताएका छन्।

देशले यो बेला कोरोना संग लड्न अग्रपंक्तिमा खटाईएका स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरु लाई सुरक्षित बनाउने र उपचार गर्न चाहिने अत्याबश्यक सामानहरु जहाँ बाट जसरी हुन्छ उपलब्ध गराई काममा लगाउनु पर्ने समय रहेको उनको भनाई छ।

lekbesi

कोरोनाले गर्दा प्रभावित उद्योग, पर्यटन, शिक्षा, रोजगार सहित अन्य सबै क्षेत्रका समस्याहरुको सही सामाधान खोज्ने समय रहेको उनले बताए ।

सबै नेपालीहरु मिलेर कोरोनालाई फैलन नदिन सम्भब भए सम्मका उचित उपायहरु निकालेर काम गनु पर्ने र लकडाउनले गर्दा अत्यन्तै दुख पाईरहेका निम्न आय भएका गरीब र मजदुरहरुलाई मदत गर्नु पर्ने पुनले बताए।

यो समय भनेको सिमानामा बिचल्ली भएका र बिदेशमा रोजगारी गुमेर दुख पाई रहेका नेपालीहरुको सुरक्षित तरिकाले उद्धार गर्ने पनि उनले आग्रह गरेका छन्।

समिकरन बनाउन छोडेर किसानहरुले उत्पादन गरेर पनि बेच्न नसकेका कृषिजन्य उपजहरुलाई बजारमा ल्याएर बेच्न मदत गर्नु पर्ने समय रहेको महावीर पुनले सबै समक्ष आग्रह गरेका हुन् ।

पुनले लेखेका छन् मैले लेखेका कुरालाई उपदेश नभनीदिनुहोला म उल्लु र मुर्खले दिएको सुझाबहरु हुन् पढ्नु होला । गल्ती भएमा माफ पाउँ धन्यबाद।