रौतहटमा दुइ जनामाथि कोभिड १९ पुस्टि ,

बैशाख १६ रौतहट- रौतहटमा थप दुई जनामाथि कोरोना संक्रमण कोभिड १९ पुस्टि भएको छ ।

जिल्लाको बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक भारतको कोलकोताबाट गत चैत २२ गते नेपाल आएका थिए।

उनि १४ दिन चन्द्रपुरको क्वारेईनटाईनमा बसेर फर्केका थिए प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नेगेटिभ आएको तर काठमान्डौमा गरिएका पिसीआर रिपोर्ट पोजेटिभ देखिएको बताईएको हो ।

lekbesi

तेस्तै अर्का संक्रमित देवाही गोनाही नगरपालिका-१ निवासी ३५ वर्षीय पुरुष हुन्। उनी पनि वैशाख ४ गते दिल्लीबाट आएका थिए।

युवकको जनकपुरमा रहेको पिसिआर मेसिनमा नेगेटिभ आएको र काठमाडौंमा आएको नतिजामा पोजेटिभ देखिएको हो।

दुबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। उनीहरूलाई वीरगन्जस्थित नायारणी अस्पताल पठाउनेबारे छलफल चलिरहेको मयेर धर्मेन्द्र प्रसाद पटेलले जानकारी दिए।

यो संगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ ति मध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।