लकडाउनको बेला आर्थिक लेनदेनमा कर्मचारी सरुवा गर्नेकाम रोकौ प्रभु शाह ,
बैशाख १६ काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश २ का अध्यक्ष प्रभु शाहले लकडाउनको मौका छोपेर आर्थिक लेनदेनमा कर्मचारी सरुवा प्रक्रिया रोक्न सरकार संग जोड्दार माग गरेका छन् ।
संघियता र संबिधानको मुल मर्म र भावना विपरीत संघिय मामिला मन्त्रालय र मन्त्रिबाटनै यस्तो कार्य भईरहेको शाहले बताए ।जसलाई हात्तीको चपाउने दाँत एउटा देखाउने दाँत अर्को शाहले भने ।
अहिले नेपालि कोरोना संक्रमणको महामारीको बेला तथा लकडाउनको संवेदनशील संकटबाट गुज्रीरहेको बेला कथित संघीयता पक्षधर भन्नेलेनै यो यस्तो कार्य गर्नु दुर्भाग्य र विडम्बना भएको शाहले जानकारी गरे ।
समयमा प्रदेश तथा स्थानीय सरकारहरुले तुलनात्मक रुपमा अग्रमोर्चामा रही फिल्डमा आमजनताले सहजै अनुभूति गर्नसक्ने गरी आफ्नो कामकार्वाही अगाडि बढाउनुपर्ने परिस्थितिलाई भुलेर यो कार्य गर्नु अंकुशको कुचेष्टा भएको शाहले बताए ।
कर्मचारीहरुलाई आर्थिक लेनदेन तथा विशेष प्रभावको आधारमा अनावश्यक कर्मचारी सरुवा कार्य बढेकोले यसलाई तत्काल बन्द गरी विधिसम्मत तरीकाले अगाडि बढाउन सरकारसंग उनको माग छ ।