बनगाड कुपिण्डे नगरपालिका वडा न ११ द्वारा अति विपन्न वर्गलाई राहत वितरण ,
बैशाख १६ काठमान्डौ – सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडान. ११ ले आजबाट राहत वितरण सुरु गरेको छ ।
वडाले आज रैकर, जलेखर्क, खानिखार्क, रातामाटा, लछुहाले, पाँचरे, आँपचौर, देखि सबै टोलमा अति विपन्न ६६ घरपरिवार मजदुरलाई नगरपालिकाको सहयोगमा राहत वितरण गरेको बताएको छ ।
विपन्न मजदुरमा पर्ने वर्गलाई १ बोरा चामल ४ केजी दाल ४ पोका तेल २ पिस साबुन वितरण गरिएको वडा अध्यक्ष बिर बहादुर बुढाले रंग दर्पणलाई जानकारी दिए ।
वडामा सर्वदलिय बैठक बसी आर्थिक अवस्था अति कम्जोर भएका परिवारलाई राहत वितरण गरिएको अध्यक्ष बुढाले बताए ।
राहत वितरणको पहिलो चरण भएको र लकडाउन लम्बिय फेरी पनि राहत वितरण हुने बुढाले बताए ।
विश्वमहामारीको रुपमा फैलीएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत ११ गते देखि बैशाख २५ गते सम्म लकडाउन जारि राखेको छ ।
लकडाउनले गर्दा मजदुर गरि छाक टार्न मुस्किल रहेका अति निम्न वर्गका परिवारलाई सरकारले प्रदेश, नगरपालिका, गाँउपालिका ,वडा मार्फत राहत वितरण गर्ने गरेको छ ।
कोरोना संक्रमणको प्रतक्ष असर नेपालमा पनि परेको छ हालसम्म नेपालमा ५४ जनामा संक्रमण फेला परेको छ भने ति मध्ये १६ जना निको भएर घर फर्कीसकेका छन्।