भारतीय नोट सटहीको आसमा ४९ लाखसहित दुई जना पक्राउ ,,
२९ चैत, काठमाडौं- भारतीय नोट रु पाँच सय र एक हजारका नोट एकाएक बन्द भय पछि भारतमा मात्र नभयर नेपालमा पनि यसको धक्का पुगेको थियो ।, भारतीय सरकारले ईनोट प्रतिबन्ध लागाय लगतै बैकमा नोट साट्ने हरुको घुईचो लाग्यो , तेती मात्र होइन भारि मात्रमा धन हुने हरु एका एक पागल भय कसैले बीच बजारमा आयर केहि नोट हरु आगो बालेर जलाय ।अनि यसको अर्को विकल्प नभयपछि करोडौ , अर्ब पैसा खोस्टाभय ।
हालै मात्र प्रधानमन्त्री ओलीले भारु सटहिको एजेन्डाको प्रस्ताब राखेका छन् तर यसको कुनै व्यवस्था भएको छैन । ओलीले २३- देखि २५ मा भारत भ्रमण गयको बेलामा प्रस्ताब गरेका हुन्।
यसको कुनै टुंगो छैन तर नेपालमा रहेको ५०० र हजारका भारु साटिने आशमा भारतबाट नेपालमा पैसा ओसार्ने प्रयास सुरु भएको छ ।प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित होटलसांग्रिला बाट भारतमा प्रतिबन्धित ५ सय र १ हजार रुपैयाँ दरको ४९ हजारसहित दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल भारत सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा रकम सङ्कलन गरेर काठमाडौंसम्म ल्याउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर, काठमाडौंले छापा मारेको थियो । हालै मात्र कानपुरमा ९६ करोड बराबरका प्रतिबन्धिन नोटसहित दुई जना पक्राउ परेका थिए भने मिरिकमा पनि ५ सय र १ हजारको नोट २५ सय करोड बरामद भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।