महाकाली तरेर भारत पुगेका चार जना पक्राउ ,
बैशाख १६ दार्चुला – महाकाली तरेर भारत गएका चार नेपालीलाई सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको छ ।
सिमाबन्दका कारण मंगलबार बिहानै महाकाली तरेर भारत पुगेका चार जनालाई सीमा गस्तीमा रहेको एसएसबीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका खलंगाका शंकर सिंह, राजेश निरौला, महेश टमटा र सन्तोष गौतम छन् ।
पिथौरागढ जिल्लामा पसल खुल्ने जानकारी पाएपछि आएको उनीहरुले भारतीय सुरक्षाकर्मीसमु बताएका छन् ।
पक्राउ परेका शंकर सिंहको भारतको धारचुलामा कपडाको पसल रहेको र अन्य तीन जना सुनचाँदी पसलमा काम गर्ने गरेको भारतीय सुरक्षाकर्मीले बताए ।
चारै जनाको स्वास्थ्य जाँचपछि नेपाली बस्ने बह्मस्थित राहत शिविरमा राखिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।