थप तिन जनामा कोरोना पुस्टि ,

बैशाख १७ वीरगञ्ज – बुधबार नेपालमा थप तिन जनामा कोरोना पुस्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएपछि नेपालमा संक्रमितको सख्या ५७ पुगेको छ ।

संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् ।

lekbesi

तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए । हाल सम्म १६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।