वैशाख २ बाट मतदाता नामावली संकलन गरिने ,,
२९ चैत, काठमाडौं -निर्वाचन आयोगले आउँदो बैसाख २ गते बाट मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन आयोगले बैशाख २ देखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) पनि सकिनेछ । नामावली छुटेकाले तत्काल भर्ना पाउनेछन् र यो वर्ष विदेशमा रहेका नेपली हरुको लागि सरकारले केहि उपाय गर्ने बतायाको छ।