एकै गाउँका ४ जनाको रहस्यमय मृत्यु,

बैशाख १७ काठमान्डौ – महोत्तरीको भङ्गहा नगरपालिका,७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएको छ ।

भङ्गहा नगरपालिका,७ मेघनाथ गोरहन्ना गाउँमा मंगलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँलेमा त्रास बढेको वडाध्यक्ष वासुदेवसिंह थारुले बताए ।

उनका अनुसार एकपछि अर्को गरी स्थानीयवासी ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गाराम सदाको मृत्यु भएपछि अहिले गाउँमा त्रास उत्पन्न भएको हो ।

lekbesi

मृतुको कारण भने थाहा हुन सकेको छैन गाँउमा अत्यधिक रक्सि उत्पादन हुने गरेको छ ति चारै जनालेपनि रक्सि पिउने गरेको वडाअध्यक्ष थारुले बताएका छन् ।