मैले अहिले सम्म सम्मान गरेको पेशा मेरो सुटीङ हो ,, (मोडल , निर्देशक ) शंकर बिसी ,,
चैत २९ , मैले जिन्दगीमा सबैभन्दा सम्मान गरेको पेशा मेरो सुटीङ हो। म भित्र कला र गला छ म जुनसुकै ठाँउमा पनि प्रस्तुत गरेर देखाउन सक्छु , मलाई कुनै जात,धर्म र समुदाय भन्दा माथील्लो सम्मान दिएको पेशा ,,मेरो कर्म,, हो ? मैले धेरै गीतमा अभिनय गरेको छु र निर्देशन पनि यो सबैलाई सर्बविवितई छ ।,तर एकदिन त्यही सुटीङ गर्न घरबाट निस्कदै थिएँ , त्यहि बखत मेरी छोरी शनिसा ले पनि सुटिङमा जान्छु बाबा भनिन । मैले छोरीलाई लिएर गएँ , चर्चित कलाकार द्वय खुमन अधिकारी र रमिला न्यैपानेको पञ्चेबाजा गीतको सुटिङ थियो ।
सुटिङ हेर्दाहेर्दै छोरीले अचानक म पनि नाच्छु बाबा भनिन , अचानक मेरो मनमा अपवादको रुपमा परेका केही चोटहरु ताजा भएर बाहीर आए। जातिय कुरा गर्ने यो अन्धो समाज कला र गला न चिन्न सक्ने समाज जो आफुले के गर्दैछु , आफ्नो भबिस्य कहाँ छ, भनेर खोज्न नसक्ने समाजले मलाई अनायासै गालि गरेका कुराले मेरो मनमा चसक्क छोयो । अनि मैले मेरो छोरी लाई भनें…?. ‘तिमी ननाच छोरी’…तिमी जति राम्रो नाचेपनि एक न एक दिन यो समाजले तिम्लाई कलाकार बाट तल झारेर तिम्रो जात कारेर संबोधन गर्नेछ।
र तिमीले टुट्नु पर्नेछ, तिम्रो सिर झुक्ने छ ,अनी तिम्रो मन भाँचिनेछ, तिम्रो बाबाको जस्तै … जातिय गालीको चोट सहन गाह्रो भएर बगेका मेरा आँशु देखेकी छोरीले मलाई परेको पिडा बुझेकी थिईन, त्यसैले उनिपनि सिरीयस हुन पुगीन । म अभ्यस्त बनाउन चाहन्छु छोरीलाई ता की भोली अचानक परेको जातीय गालीको कारण उसलाई मलाई झैं टुट्न नपरोस।
र आँशु बगाउन नपरोस । असामाजीक तत्वहरु कतिबेला मौका पाईन्छ र मर्ममा प्रहार गरौंला भनेर नंग्रा तिखारेर बसेका हुन्छन छोरी, तिनीहरु मौका पाउनासाथ झम्टिन्छन र कसरी तिम्लाई निम्नस्तरको देखाउन सकीन्छ भनेर न्वारान देखीको ताकत लगाउनेछन ,, त्यो बेला तिम्रो नृत्यको, तिम्रो योगदानको अनी तिम्रो कलाको कुनै मुल्य रहदैन ,, त्यसैले के तिमी कलाकार बन्छ्यौ र ..? भो ननाच भो छोरी ।,
फोटो लेख शंकर बिसी बाट साभार ….