Simta
Simta
lekbesi

केपीलाई फाल्न प्रचण्डलाई कुनै आईतबार कुर्न पर्दैन ,

Gurvakot

बैशाख १८ काठमान्डौ – सत्तारूढ्दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केन्द्रीय सचिवालयकाे बैठक हिजो बालुवाटारमा बसेर कुनै ठोस निर्णय भने भएको छैन ।

२० गते बस्ने गरि बैठक सकीएको हो । नेकपा भित्रको आन्तरिक विवाद्ले अहिले खुब चर्चा पाईरहेको छ ।

प्रधानमन्त्री ओलीले भने आफु संग बहुमत रहेको भन्दै राजिनामा नदिने बताएका छन् । तेस्तै नेकपा अध्यक्ष प्रचण्ड र बरिस्ठ नेता माधव कुमार नेपाल समुहसंग भने तेसै बहुमत छ ।

lekbesi

केपी ओलीले अध्यादेश जारि खारेज पार्टी भित्र मन्मर्जी गरेको भन्दै स्थायी कमिटिका नेताहरुले सचिवालय बैठकबाट प्रधानमन्त्री ओलीको राजिनामा माग्ने बताएका छन् ।

ओली आफ्नो पक्षमा सांसदको हस्ताक्षरको दाउमा छन् । तर अब ओलीले प्रधानमन्त्री र अध्यक्षबाट्नै राजिनामा दिनुपर्ने बहुमत सांसद छन् ।

ओलीलाई प्रधानमन्त्रीबाट फाल्न प्रचण्डलाई कुनै आईतबार भने कुर्न पर्दैन यो स्पस्ट छ । कसैले घुर्की धम्कि गरेर नभई पार्टीको सिद्दान्त ,प्रक्रिया नियमबाटनै ओलीलाई हटाईने स्थायी कमिटिका एक नेताले रंग रंग दर्पणलाई बताए ।

अहिले स्थायी कमिटिको बैठक बस्दै गरेको र आवस्यक परे केन्द्रिय समितिको बैठक समेत बोलाउन सकिने उनले बताए ।

बाम गठबन्धन सरकार पछि पाँच वर्ष सम्म ओली प्रधानमन्त्री हुने भनेर सहमति गरेपनि उनले पार्टीलाई धोका दिएको सबैको बुझाई छ ।

बाँदरको हातमा नरिवल दिए जस्तै ओलीलाई अझै प्रधानमन्त्रीमा राख्दा देश दुर्घटनामा पर्नसक्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले राजिनामा सजिलै दिन नमाने पार्टी आफ्नो ढंगले अगाडी बढ्ने पनि उनले बताए ।

तेसो भए नेकपा पार्टी फुट्छ त भन्ने हाम्रो प्रश्नमा भने उनले तेसो नहुने बताए । लोकतान्त्रिक गणतन्त्र जनसरकारको बेला जसले गल्ति गर्छ उसलाई पाखा लगाईने पार्टी फुट्ने भन्ने हुन्न उनले भने ।

प्रधानमन्त्रीको राजिनामा किन भन्नेमा भने अध्यादेश मुख्य ईस्यु रहेको उनले बताए ।पार्टी भित्र छलफल नगरी दल विभाजन सम्बन्धि ओलीले अध्यादेश जारि गरेका थिए ।

पार्टी भित्र र विपक्षिदलले चर्को आलोचना गरेपछि अध्यादेश फिर्ता लिईएको थियो । ओलीले गर्ने नहुने गल्ति गरेको हुनाले तेस्को विकल्प राजिनामा भएको सबैको तर्क छ ।

Simta