भारतको पिथौरागढबाट ९ सय नेपालि बैतडी ल्याइँदै,

वैशाख १८ बैतडी- लकडाउनमा परि अलपत्र परेका भारतको पिथौरागढ जिल्लाको विभिन्न स्थानमा रहेका करिब ९ सय नेपालीलाई बिहीबार नेपाल ल्याउन लागिएको छ ।

बैतडीको नेपाल भारत सीमा नाका झुलाघाटबाट उनीहरुलाई नेपाल ल्याउन लागिएको हो ।

भारतीय बजार झुलाघाट र पिथौरागढ जिल्लाका विभीन्न क्वारेन्टाइमा बसेका ६ सय जना र अन्य भारतीय बजारमा रहेका करिब २ सय जना गरि ९ सय जतिलाई ल्याउन लागिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

lekbesi

धेरै जना रहेकोले सामाजिक दुरी कायम राखी आज बिहान ७ बजेबाट उनीहरुलाई ल्याउन लागिएको नेगीले बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बैतडी र पिथौरागढ जिल्ला प्रमुखको समन्यवमा उनीहरुलाई ल्याउन लागिएको हो । ल्याएपछि सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिने उनले बताए ।