सिन्धुपाल्चोक मेलम्ची खानेपानी योजनाको सुरुङ खुल्यो ,,

२९ चैत, काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । सन् २०१० जुन महिना देखी खन्न थालियाको हो सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमान्डौमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ्ग तिन खण्डमा विभाजन गरेर खनियको छ दशैंअघि नै काठमाडौंका वासिन्दाले मेलम्चीको पानी खुवाउने योजना सरकारले बनाएको छ ।अन्तिम खण्ड सिन्धु-ग्यालथुङको औपचारिक ब्रेक थ्रु बिहीबार भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले सुरुङको औपचारिक ब्रेक थ्रु गरे ।

उनी काउलेको सिन्धु अडिटबाट प्रवेश गरेर ब्रेक-थ्रु गर्न गएको टोली औपचारिक उद्घाटनपछि ग्यालथुङमा पुगेको थियो । ७.५ किलोमिटर लामो अन्तिम सुरुङको प्राविधिक ब्रेक-थ्रु भने सोमबार नै भएको थियो । अब साढे २७ किलोमिटर सुरुङ नै खन्ने काम सकिएको छ ।सरकारले यो कम्पनीसँग ७ अर्ब ७१ करोडमा सुरुङ र इन्टेक निर्माण गर्नेगरी ठेक्का इटालिय कम्पनीसाग ठेक्का सम्झौता गरेको थियो । आयोजनाकाअनसार यो कामका लागि ८ अर्ब ५९ करोड रुपैयाँ खर्च हुनेछ ।ठेकेदारलाई विभिन्न कामका लागि २८ करोड भेरियसन दिएकाले आयोजनको लागत बढेको छ ।

इटालियन कम्पनीले सन् २०१४ बाट सुरुङ निर्माणको जिम्मा पाएको थियो । यसअघि चिनयाँ ठेकेदार कम्पनीले निकै सुस्त गतिमा काम गरेपछि सरकारले सीएमसीलाई सुरुङ निर्माणको जिम्मा दिएको थियो ।खन्ने काम सकिए पनि अडिट सुरुङहरु थुन्ने, सुरुङमा क्रंक्रिटमार्फत फिनिसिङ गर्ने काम बाँकी नै छ । अब सुरुङमार्गमा लाइनिङ गर्ने र इन्टेक बाँध निर्माणलगायत काम गरेपछि मात्रै पानी हाल्न सकिन्छ ।

सन् २०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदार चाइना फिˆटिन रेल्वे ब्युरोले झन्डै चार वर्षमा जम्मा साढे ६ किमीमात्र सुरुङ निर्माण गरेपछि सीएमसी आएको थियो ।चिनियाँ ठेकेदारले सुरुमा साढे २७ किमि सुरुङ र इन्टेक बाँध बनाउन ४ अर्ब २८ करोड रुपैयाँमा ठेक्का पाएको थियो । ६० करोड बिल भुक्तानी लिएको चिनियाँ ठेकेदारले ढिला गरेर जम्मा साढे ६ किमिमात्र सुरुङ खनेपछि लापरबाही भएको भन्दै नयाँ टेण्डर गदा लागत दोब्बरले बढेको थियो ।