नेपाल भारत सिमा नाकामा लागुऔषध फाएर देखि घरेलु मदिरा ओसारपसार ,

१८ वैशाख ,वलपरासी- पश्चिम नवलपरासी पश्चिममा लकडाउनको समयमा मदिरा तस्करी बढेपछि प्रहरीले सक्रियता देखाएको छ ।

यसै गरी गए राती प्रतापपुर गाँउपालिका वडान ७ जगरनाथपुरबाट अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा १२ कार्टुन स्टार नामक मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी निरिक्षक खुमानन्द पाण्डेको नेतृत्वमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही चलाएको प्रहरीले जनाएको छ ।

lekbesi

तेसैगरी गत हप्ता लकडाउनको अवज्ञा गर्दै नेपाल भित्रै एक स्थानबाट अर्को स्थानमा अज्ञात ब्यक्तीहरुले लैजादै गरेको २ सय घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लकडाउनको मौका छोपी नेपालबाट भारत जडतर्फ लुकाई छिपाई लैजादै गरेको ५ कार्टुन फाएर नामक मदिरा र भारतबाट अबैधरुपमा ल्याउदै गरेको २० किलोग्राम सुर्ती नियन्त्रणमा लिई आवश्यक कारवाही चलाएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

अङ्गव यादव नवलपरासी पश्चिम ,