रोल्पामा बम बिस्फोट ४ जनाको मृतु

बैशाख १८ काठमान्डौ – रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार जनाको मृतु भएको छ ।मृतक चारै जना बालबालिका रहेको बताईएको छ ।

प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।

बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको उनले बताए ।

lekbesi

गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीका अनुसार भने बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटमा परेको बताएका हुन् । थप घटनाको विवरण आउन बाँकी छ ।