Simta
Simta
lekbesi

गुर्भाकोट नगरपालिका तरुणदलद्वारा क्वारेन्टाईन रहेका नागरिकलाई निशुल्क भोजन ,

Gurvakot

वैशाख १८ काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत गुर्भाकाेट नगरपालिकामा नेपाल तरुण दलले क्वारेन्टाईनमा रहेका नागरिकलाई निशुल्क खाना खुवाउन सुरु गरेको छ ।

गुर्भाकोट नगरपालिका मेहेलकुना ८ सिटिहल क्वारेन्टाईनमा रहेका नागरिक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पैदल यात्री तथा अलपत्र परेका व्यक्तिहरूको लागि आजदेखि नेपाल तरूण दल गुर्भाकोटले निशुल्क खाना वितरण कार्यक्रम सुरू गरेको हो ।

नगरपालिकामा तरुणदलले अलपत्र परेका नागरिकलाई निशुल्क खाना सुरु गरेपछि पुण्यको काम गरेको भन्दै नगरपालिका नगर प्रमुख नगर उपप्रमुख सहित स्थानियले हार्दिक बधाई ज्ञापन गरेका छन् ।

lekbesi

साथै नेपाल तरूण दलको यस अभियान सफल बनाउनका लागि सहयोग गर्न चाहनु हुने व्यक्तिहरूले तपशिलका व्यक्तिहरूलाई सम्पर्क गर्न पनि बताईएको छ ।

रमेश गुरूङ्ग – ९८५८०२९९२९, ९८२५५०५९२९
समीर रेग्मी – ९८१२५२७०७७, ९८४४८०९०६१
नविन सुनार – ९८१६५४४९६७, ९८६३१५४९९९
खगेन्द्र माझी – ९८४८१४०२८८

विश्वमा महामारीनै ल्याएको कोरोना भाईरसको प्रतक्ष असर नेपालमा पनि पर्न सुरु गरेको छ ।जस्लाई रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैत ११ गते देखि बैशाख २५ गते सम्म लकडाउन जारि राखेको छ ।

लकडाउनका कारण थुप्रै नागरिक विभिन्न स्थानमा अलपत्र परेका छन् भने उनीहरुलाई उद्दार गर्ने क्रम जारि छ ।

 

Simta