जेठ अन्तिममा एसईई परीक्षा गर्न सिफारिस,

वैशाख १८ काठमान्डौ – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ ।

कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।

कार्यद्लले एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट)मा गर्न पनि सिफारिस गरेको छ ।

lekbesi

जेठ अन्तिम साताबाट परिक्षा सुरु गरेर असार १५ गते सम्म सक्ने गरी परीक्षा संचालन गर्न कार्यदलले सिफारिस बुझाएको हो ।

तेस्तै परीक्षा गर्दा परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनुपर्ने कार्यदलको सिफारिसमा भनिएको छ ।

साथै परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ ।

एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् ।तेसैगरी कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा भने वैशाख २५ गतेभित्र प्रकाशित गर्न भनिएको छ ।