Simta
Simta
lekbesi

क्वारेईनटाईन भित्र युवाले गरे आत्महत्या ,

Gurvakot

वैशाख १९ उदयपुर – क्वारेन्टाइनमा बसेको एक युवाले आत्महत्या गरेका छन् । क्वारेन्टाइनमा बसेको एक सातापछि उदयपुरको रौतामाई गाउँपालिका ७ गुराँसेका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्।

श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका उनले बिहिबार राति श्रीमती सुतिसकेपछि सलमा पासो लागि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडौं पुगेका विक यही बैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको हो ।

lekbesi

श्रीमतीसँग एउटै कोठामा बसेका विकले राती आत्महत्या गर्नुको कारणले खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।क्याम्पसको क्वारेन्टाइनमा कोरोना गाउँपालिकाले ८ जनालाई राखेको अध्यक्ष खड्काले बताए।

क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिका अनुसार भने उनीहरुबीच नियमित झगडा हुँदै आएको बताउछन ।

Simta