चीनको ऊहानस्थित एक प्रयोगशालाबाट कोरोनाभाइरस सुरु भयो ट्रम्प,

वैशाख १९ ,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार कोरोना भाइरस चीनको ऊहानस्थित एक प्रयोगशालाबाट भाइरोलोजी फैलिएको भन्ने कुरामा आफू विश्वस्त भएको बताएका छन्।

बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले चीनको ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो तपाई संग के प्रमाण छ भनेर सोध्दा ट्रम्पले भने ‘पक्कै पनि, मसँग छ ।

मलाई लाग्छ कि विश्व स्वास्थ्य संगठनले चीनको प्रचार–प्रसारको जुन काम गरिरहेको छ, त्यसमा लाज लाग्नुपर्ने हो ।

lekbesi

डब्ल्यूएचओ चीनको जनसम्पर्कको रुपमा काम गरिरहेको छ ।ट्रम्पको यो भनाइले बेइजिङसँग तनाव बढाउँदै लाने देखिएको छ।

ट्रम्पले यो पनि भने म संग प्रमाण छ, अहिले तपाईहरुलाई भन्न मिल्दैन ।अमेरिकाले यस्तो आरोप लगाएको भएपनि चीन सरकारको नियन्त्रणमा रहेको वुहान इन्सिटियूट अफ भाइरोलोजीले भने सुरुदेखि आरोपको खण्डन गर्दै आइरहेको छ।

चीनले यस्तो जानीजानी गर्यो वा गल्तीपूर्वक गर्यो, त्यो मलाई थाहा छैन । या कसैले कुनै लक्ष्य प्राप्तिका लागि यस्तो गर्यो । मानिसहरुलाई हुबेईबाट चीनको अन्य स्थानमा जान रोक लगाइएको थियो तर संसारभरी यात्रा गर्न भने छुट थियो ।

म यस्तो कुरा बुझ्दििनँ । चीनभरी मानिसहरुको आवतजावतमा प्रतिबन्ध थियो तर संसारभरी यात्रा गर्न कसैलाई पनि केही प्रतिबन्ध थिएन ।

जे भयो त्यो निकै खराब भयो । यो निकै कठिन प्रश्न हो र यसको जवाफ भेटिन बाँकी नै छ । थुप्रै विज्ञहरूका अनुसार भने यो भाइरस ल्याबबाट नभइ मासु बजारबाट जनावर हुँदै मानिसमा सरेको बताउँदै आएका छन्।

अमेरिका हाल कोरोनाबाट  १० लाख बढी संक्रमित भइसकेका छन् भने ६२ हजार बढीको ज्यान गइसकेको छ।