मजदुर आन्दोलन र नेपालि कांग्रेसको अनन्य सम्बन्ध छ देउवा ,

वैशाख १९ काठमान्डौ – नेपालि कांग्रेसका सभापति शेर बहादुर देउवाले आजको दिन श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन रहेको बताएका छन्।

श्रम दिवसको अवसरमा शुभकामना दिँदै देउवाले लकडाउनमा कस्टकर जीवन बिताईरहेका श्रमिकलाई तत्काल सरकारले राहत उपलब्ध गराउनुपर्ने पनि माग राखेका छन् ।

नेपालमा प्रजातन्त्रको स्थापना २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन रहेको हुनाले नेपाली कांग्रेस र मजदूरहरु अनन्य सहयोगी भएको पनि देउवाले सुभकामना मार्फत बताएका छन्।

lekbesi

मे १ तारिख आजकै दिन श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हुनाले विश्वमै आज श्रमिक दिवस मनाउने गरिन्छ ।

यो ऐतिहासिक दिवसका अवसरमा सम्पूर्ण श्रमिक दिदी,बहिनी तथा दाजु,भाइहरुमा हार्दिक शुभ कामना व्यक्त गर्दछु देउवाले भनेका छन्।

अहिले पूरै विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्वब्यापी रुपमै प्रताडित भएको छ । नेपाल पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउनको अवस्थामा रहेकोले सम्पूर्ण नागरिकको जीवन सहज हुन सकेको छैन ।

यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ । सरकारले तत्काल व्यवस्थापन सहित खाद्याना उपलब्ध गराओस उनले सुभकामनामा भनेका छन् ।