श्रमिकहरूको रोजगारी र हकअधिकारको ग्यारेन्टी गर बाबुराम भट्टराई ,

वैशाख १९ काठमान्डौ – समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले श्रमिकहरूको रोजगारी र हकअधिकारको ग्यारेन्टी गर्न सरकार संग माग गरेका छन् ।

अन्तरास्ट्रिय श्रमिक दिवसको दिन सबैलाई सुभकामना दिदै भट्टराईले सबै खाले श्रमको सम्मान गरि उचित राहत उपलब्ध गराउन पनि माग गरेका हुन् ।

विश्वमा प्रतेक वर्ष मे १ तारिखकादिन श्रमिक दिवास मनाउने गरिन्छ ।प्रतेक दिन श्रमिक कुनै न कुनै समस्याको चपेटामा परेका हुन्छन ।

lekbesi

यो वर्ष संसारका मजदुर कोरोना भाईरसको महामारीसंग जुधिरहेका छन् ।नेपालमा पनि कोरोना भईरसका कारण र लकडाउनका कारण श्रमिकले काम गर्न नपाई दिन गुजारा गर्न सकेका छैनन् ।

यस्तो अवस्थामा चपेटामा परेका मजदुरलाई सरकारले उनीहरुलाई व्यवस्थापन सहित राहत उपलब्ध गराउन पनि भट्टराईले बताएका हुन् ।