Simta
Simta
lekbesi

प्रधानमन्त्री ओलीको पक्षमा हस्ताक्षर नगरे जे पनि हुन सक्छ भन्दै सांसदलाई धम्कि ,

Gurvakot

वैशाख १९ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नलाग्ने सांसदलाई धम्कि आएको खुलेको छ।

अध्यादेशको विषयलाई लिएर पछिल्लो समय केपी ओलीलाई प्रधानमन्त्री र अधय्क्षबाट छोड्न चर्को विवाद आईरहेको छ ।

जसका लागि प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा सांसदको बहुमत रहेको भन्दै हस्ताक्षर सुरु गरेका छन् ।

lekbesi

ओलीले चालेको अभियानमा हस्ताक्षर नगर्ने सांसदलाई वालुवाटारबाटनै धम्कि जाने खुलेको छ ।

शुक्रबार मात्रै राष्ट्रियसभा सदस्य शारदा भट्टलाई प्रधानमन्त्री ओलीको आफूलाई निकट बताउने गौरी ओलीले यस्तो धम्की दिएकी हुन् ।

प्रधानमन्त्रीलाई भोलि निकाल्दै छन् यस्तो बेला बहानावाजी नगर्नुस् बालुवाटार तुरुन्त आएर हस्ताक्षर गर्नुस्’ भनेपछि भट्टले आफू यस्तो खेलमा नलाग्ने जवाफ दिएकी थिइन् ।

भट्टको यो जवाफले गौरीले उनलाई धम्कि पूर्ण रुपले तपाईले प्रधानमन्त्री संग टक्कर लिने ,धेरै बाहनाबाजी नगर्नुस तुरुन्त वालुवाटार आएर हस्ताक्षर गर्नुस हैन भने नेपालमा जे पनि हुनसक्छ बोलेको भट्टले बताइन।

भट्ट नेकपाकी सांसद मात्र नभएर कैलालीकी पुरानो कार्यकर्ता पनि हुन् । शुक्रबार एक कार्यक्रममा भइरहेका बेला यस्तो धम्कीयुक्त फोन आएको उनले बताईन ।

प्रधानमन्त्री ओलीले पछिल्लो समय विभिन्न चलखेल गरेको पाइन्छ ओलीले सांसदको घर घरमा गाडी पाठाएर हस्ताक्षर लिने गरेको समेत खुलेको छ।

लोकतन्त्र र प्रजातन्त्रको दुहाई दिने प्रधानमन्त्री र उनका नजिकका बाटै यस्तो हर्कत भएको थाहा पाएपछि सहभागीहरु आश्चर्यचकित बनेका थिए ।

भट्टले यो विषयमा थप पछि भन्ने बताईन गौरीले भने आफुले धम्कि नदिएको सरकार अफ्ट्यारो परेको बेला प्रधानमन्त्रीलाई सहयोग गर्न भट्टलाई आफूले अनुरोध गरेको बताईन ।

उनले अनुरोधलाई धम्की भन्दै भट्टले नै अनावश्यक अफबाह फैलाएको समेत आरोप लगाइन् । नेकपाकी केन्द्रीय सदस्य रहेकी गौरी सुदूरपश्चिम प्रदेशकै डोटी जिल्लाकी हुन् ।

उनले भनिन्, ‘तपाईँ सांसद हो, उहाँ प्रधानमन्त्री हो । प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको बेला सहयोग गर्नु तपाईँको दायित्व हो । मैले यति भनेकै हो ।

दुई दिनअघि मात्रै उपाध्यक्ष बामदेव गौतम पत्नी तुलसा थापाले पनि प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेकी थिइन् ।

यस्तो अवस्थामा ओलीले संसदीय दलमा आफ्नो बहुमत सिद्ध गर्नका लागि सांसदहरुको हस्ताक्षर अभियान जारी राखेका छन् ।

प्रतिनिधिसभाको संसदीय दलमा आफ्नो बहुमत देखाउन ओलीदिन रात लागेका छन्।

अवस्थामा राष्ट्रिय सभाका सांसद समेतलाई किन हस्ताक्षर गर्न दवावसहित धम्की दिइयो त्यो भने थप आउन बाँकी छ ।

Simta