आँखामा चोट लागेका बिरामीलाई कोरोना संक्रमण भन्दै आईसोलेसनमा राख्दा आँखा गुम्यो ,
वैशाख १९ ,मोरङ्ग- आँखामा चोट लागेको बिरामीलाई कोरोना संक्रमणको आशंकामा चिकित्सकले आईसोलेसन्मा राख्दा आँखाको दृस्टीनै गुमेको छ ।
आँखाको चोटले ज्वरो आएकि उदयपुर बेल्का नगरपालिका ५ की समीक्षा मगरको दृष्टि गुमेको हो ।
चिकित्सकले उनलाई कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेसनमा राखेको उनका दाजु सनम मगरले बताए ।
घरायसी काम गर्ने क्रममा वैशाख १२ गते दायाँ आँखामा चोट लागेपछि १३ गते उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याएको सनमले बताए ।
चोटले उनलाई ज्वरो आएको थियो आँखाको उपचार गराउन आउँदा प्रतिष्ठानका चिकित्सकले ज्वरो आएको आधारमा नै कोरोना भाइरस संक्रमणको आशंकामा बहिनीलाई आइसोलेसनमा राखिदिए उनले भने ।
प्रतिष्ठानले समीक्षालाई आइसोलेसनमा राखेर थ्रोट स्वाबको नमुना लिई परीक्षण गर्यो । तर संक्रमण नदेखिएपछि सातौं दिन वैशाख १८ गते डिस्चार्ज गरेको समनले बताए ।
त्यही दिन आँखाको चिकित्सकले चोट लागेको र समयमा उपचार नभएकाले नानीमा इन्फेक्सन भएको भन्दै विराटनगर आँखा अस्पताल रेफर गरे ।
विराटनगर आँखा असपतालका मेडिकल सुपरिटेन्डेन्ड डा. रक्षा पन्तका अनुसार चोट लागेको ७ दिनपछि ल्याएकाले उपचारमा समस्या भएको बताइन् ।
समयमा उपचार हुन् सकेन ,तत्काल आँखा सफा गर्नुपर्ने हुन्छ आँखा सुन्नीएको छ ढिला भयो दृष्टि फर्किने/नफर्किने अहिले नै भन्न कठिन छ उनले भनिन ।
समिक्षा उदयपुरकै एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन फुटबल खेलाडी समेत रहेकी उनलाई सांग्रिला स्पोर्टिङ क्लब र अखिल नेपाल फुटबल संघले शुक्रबार उनको उपचारका लागि ५० हजार नगद आर्थिक सहयोग गरेका छन् ।