भेरिगंगा नगरपालिकामा राहत वितरण विवाद वडा कार्यालयमा तालाबन्दी ,

वैशाख २० ,सुर्खेत – सुर्खेतको भेरिगंगा नगरपालिकामा राहत वितरणमा विवाद देखिएपछि वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

भेरीगंगा नगरपालिका वडान ३ डुंगीखोलामा राहत वितरण गर्दा समितिले मनपरी राहत वितरण गरेको पाईएपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

राहत वितरण गर्दा टोल विकास संस्थाहरुसंग समन्यव नगरेको र सामाजीक सुरक्षा पाउनेलाई पक्षबात गरि राहत वितरण नगरेको भन्दै स्थानियले विवाद गरेका हुन् ।

lekbesi

सामाजिक सुरक्षा भत्ता पाउने, सरकारी जागिरे भएकोलाई राहत नदिने तर अपांगता भएकालाई सामाजिक सुरक्षा पाउँदा पनि राहत वितरण गर्ने निति रहेको जनाइएपनि वडामा उक्त नीति लागु नभएको बताईएको छ ।

वडामा २५० घरपरिवारलाई राहत वितरण गर्ने गरी नगरपालिकाबाट राहत सामाग्री प्राप्त भएको जनाइएको छ । ३ जनाभन्दा कम परिवार भएमा १५ किलो चामल १किलो नुन, तेल, दाल वितरण गरिएको छ ।

४ जनाभन्दा बढी परिवार संख्या भएमा प्रति परिवार ३० केजी चामल, २/२ केजी दाल, नून, तेल वितरण गरिएको छ ।

भेरीगंगा वडान ३ का वडा अध्यक्ष जीत बहादुर सुनारले तालाबन्दी किन, कसरी, के का लागि गरियो कुनै जानकारी नभएको बताए ।

राहत वितरणमा कुनै त्रुटि भएको भए सम्बन्धित ठाँउ,कार्यालयमा सम्पर्क गर्नुको सट्टा कार्यालयमा तालाबन्दी गर्नु गलत रहेको उनले बताए।

वडाले पाएको २५० जनाको कोटा मध्ये २५,देखि ३० घरपरिवारमा वितरण गर्न बाँकी रहेको र अरु सबैलाई राहत वितरण गरिएको वडा अध्यक्ष सुनारले बताए।

भेरीगङ्गा नगरपालिका १२ मा पनि राहत वितरणमा आयो भन्दा अगाडी विवाद भएको थियो पछि विवाद साम्य बनाईएको थियो।