नेकपा सचिवालयको बैठक आजको खिचडी के छ ,

वैशाख २० ,काठमान्डौ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार अपरान्ह ४ बजे बस्दैछ।

आजको बैठक विशेष रहने बताईएको छ अपरान्ह बस्ने पार्टीको हेडक्वार्टर मानिने नौ सदस्यीय सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेको वामदेव कार्डको छिनोफानो हुने एक सचिवालय सदस्यले बताए ।

सचिवालय बैठक बस्नु अघि नेताहरू आन्तरिक छलफलमा छन् ।यसअघि गत बुधबार बसेको सचिवालय बैठकमा छलफल नसकिएपछि आज पुनः बस्ने निर्णय गरिएको थियो ।

lekbesi

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको दल विभाजन अध्यादेशले नेकपा पार्टी भित्र आन्तरिक विवाद ल्याएको छ।

नेकपाभित्र केही समयदेखि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट पाखा लगाउने दाउमा छन् ।

ओलीले पनि सजिलै आफु राजिनामा नदिने भनेपछि आफु टिकेर देखाउने भन्दै आफू पक्षका स्थायी कमिटी सदस्यसँगको भेटघाटलाई तीव्रता दिएको स्रोतको दावी छ।

ओलीको केहि दाउ नलागेपछि उनले उपाअध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीले प्रधानमन्त्री बनाउने वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष दिने गत बुधबारको बैठकमा प्रस्ताव राखेका थिए ।

यो प्रस्तावले वालुवाटार देखि सामाजिक संजाल र विज्ञमा अनौठो तरंग पैदा गरेको छ सम्भवत आजको बैठकले यो विषयको टुंगो लगाउने छ।

प्रचण्ड-नेपाल पक्षले आजको सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने ठोस योजना प्रधानमन्त्री ओलीसँग माग्ने तयारी गरेका छन्।

गत निर्वाचनमा बर्दियाबाट पराजित रहेका गौतम सांसद पनि छैनन् यस्तो अवस्थामा गौतम कसरी प्रधानमन्त्री हुन सक्छन्? नेकपा नेताहरूले यसका केही विकल्पहरू देखाएका छन्।