जनार्दन शर्माको कविता मलाई हेर्दा आश्चर्य लाग्छ तिम्रो विवेक …

वैशाख २० काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता पुर्व गृहमन्त्री जनार्दन शर्माले मलाई आश्चर्य लाग्छको कविता सामाजिक संजालमा पोस्ट गरेका छन् ।
शर्माले अहिलेको देश र जनताले भोगेको परिस्थिलाई सम्जिदै लकडाउन कविता लेखेका छन् ।
कविता छोटो छ तर यसको गहिराईलाई बुझ्न धेरै समय लाग्न सक्छ ।

यो पढ्नुहोस कविता ,
देशलाई गर्यौ लकडाउन,
जनतालाई भन्यौ लकडाउन,
भोकाको पेट लकडाउन,

श्रमिकको पसिना लकडाउन,
रोगीको रोग लकडाउन,
किसानको खेती लकडाउन,
खयर यति सम्म त ठिकै मानौ,
तर मलाई आश्चर्य लाग्छ,
तिम्रो हेर्दा विवेकमै लकडाउन ।।
