बैठक पछि सारेर प्रधानमन्त्री राष्ट्रपति निवासमा ,

वैशाख २० काठमान्डौ -प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओ‌ली शनिबार अपारन्ह साढे ४ बजे शितल निवास पुगेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

पार्टीभित्रैबाट प्रधानमन्त्रीको राजीनामा मागिएपछि अप्ठेरोमा परेका ओलीले पछिल्लो समय संबैधानिक निकायका प्रमुखलाई पालैपालो भेट्दै आएका छन् ।

lekbesi

आज ४ बजे नेकपा सचिवालयको बैठक सुरु हुने भनेपछि बैठकको समय पछि धकेलेर प्रधानमन्त्री ओली रास्ट्रपति निवास पुगेका हुन् ।