Simta
Simta
lekbesi

प्रधानमन्त्री ओलीको कविता अब आँसु खसाउनु पर्दैन ,

Gurvakot

यस्तो छ कविता ,

अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन

lekbesi

नेपाली मन अब फुट्दैन

राष्ट्रिय एकता टुट्दैन

शान्ति अब यहाँ मर्दैन

नेपाली मर्न पर्दैन

बढ्यो नेपाल अब बढ्यो अघि

विकासमा पछि पर्दैन

गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र

अब आँसु खसाल्नु पर्दैन

सामाजिक न्याय र समानता

अधिकारसम्पन्न जनता

मेची-काली, पहाड-तराई

निर्भय वातावरण सुरक्षित नारी

अब आधुनिकतामा बढ्यो नेपाल

गणतन्त्र हो यो गणतन्त्र

सार्वभौम जनताको जनतन्त्र

अब आँसु खसाउनु पर्दैन

फाटोका खेती कुहिन्छन्

स्वार्थी हिंसा तुहिन्छन्

अब चेलीका चुरा फुट्दैनन्

कोही टुहुरा पर्दैनन्

गणतन्त्र हो यो गणतन्त्र

शक्तिका स्रोत जनताको

जनतन्त्र हो यो जनतन्त्र

अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन

यो कविता प्रधानमन्त्री ओलीले हिजो मे १ तारिक श्रमिक दिवसको दिनमा सार्वजानिक गरेका हुन् ।

Simta