श्रम बिनाको कुबेर बन्ने नीति कस्तो राजनीति हो जनार्दन शर्मा प्रभाकर ,

वैशाख २१ काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पुर्व गृहमन्त्री जनार्दन शर्मा प्रभावकरले राष्ट्रियता,स्वाभिमान र स्वतन्त्रताको नीति कम्जोर भएको बताएका छन् ।

वर्तमान राजनीतिमा श्रम बिनाको कुबेर बन्ने नीति र जनता देश ठगि असयको नीति लागु भईरहेको शर्माले प्रस्ट पारे ।

देश र देश बासिको नीतिमा कम्जोर वर्गको अभिभावकत्व सबैका लागि सुरक्षा नीति लागु हुनपर्ने तर तेसो नभएको उनले बताए ।

lekbesi

वर्गको राजनीति खोज्न र वर्तमानको जस्तो राजनीति नगर्न शर्माले आग्रह गरे । नेकपा भित्र अहिले आन्तरिक विवाद छ ।

विवादलाई अन्त्य गर्न नेकपाका नेता सांसदको बैठकलाई जुन तवरले हेरीएको थियो त्यो भने हुनसकेन ।

प्रधानमन्त्री ओलीले दलविभाजन अध्यादेश लागु गरे लगतै नेकपा पार्टी र विपक्षिमा रडाको देखियो ।

हिजो बसेको सचिवालयको बैठकमा भने प्रधानमन्त्रीको कुनै कुरानै उठेन । बल्कि विरोध गरेका नेता सांसदनै प्रधानमन्त्री ओलीको पछि लागेको देखियो।

यो अघि सचिवालयका अधिकांस बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परामर्शपछि हाललाई ओलीलाई नै प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी भएको छ ।

यस्तै उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारीमा नेकपाका अध्यक्ष पुष्प्कमल दाहाल प्रचण्ड वरिस्ठ नेता माधव कुमार नेपालले पनि सहमति गरेको पाईन्छ ।

गत चुनावमा क्षेत्र नम्बर १ बाट उपाध्यक्ष बामदेव गौतम पराजित हुन् । जनमत नपाएकालाई प्रधानमन्त्री बनाउन मिल्ने पार्टीको नीति हो भने जित हासिल गरेका थुप्रै नेकपाका नेता छन् ।

हिजोको सचिवालय बैठकले २५ गते स्थायी कमिटिको बैठक बोलाएको छ ।पछिल्लो सयम नेकपाको राजनीतिक घटना मार्ग कता तिर जान्छ त्यो भने हेर्न बाँकी छ ।