वैशाख २६ गते बजेट अधिवेशन बोलाउन सिफारिस,
वैशाख २१ काठमान्डौ – सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
संघीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सरकारले बजेट अधिवेशनको तयारी थालेको हो ।
कोरोना महामारीका कारण यस पटक प्रिबजेट र सरकारको नीति तथा कार्यक्रमबारेको छलफल अवधि घटाएर बजेट ल्याउने तयारी सरकारले थालेको छ ।