भारतबाट नेपालि अहिले ल्याउनु हुन्न कोरोना आउछ प्रधानमन्त्री ,

वैशाख २१ काठमान्डौ – भारतमा अलपत्र परेका नेपालिलाई अहिले भित्र्याउन नमिल्ने प्रधानमन्त्री केपी शर्मा ओलीलले बताएका छन् ।

भारतमा लकडाउन लम्बिदै जाँदा आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुले भारतमा अलपत्र नेपालीहरुलाई के गर्ने भन्ने प्रश्न गरेका थिए ।

नेपालका सिमानामा हजारौ नेपालि अलपत्र छन् , चण्डीगढमा मात्रै ११ सय नेपाली अलपत्र परेका छन् र उनीहरु नेपाल आउन चाहन्छन् ।

lekbesi

अन्यत्र पनि अलपत्र परेका नेपालीहरुको संख्या बढ्दो छ भन्ने विषयमा मन्त्रीले प्रधानमन्त्रीलाई बैठकमा रिपोर्टिङ गरेका थिए ।

प्रधानमन्त्री ओलीले भने उक्त जवाफमा लोकप्रियता नदेख्ने आग्रह गरे ।११ सय नेपालि भित्र्याउदा २ हजार नेपालि भित्रिन्छन ।भारतबाट अहिले नेपालि ल्याउनु भनेको स्वास्थ्यमा जोखिम हुने उनले बताए ।

सिमानाका नेपालिलाई ल्याउँदा भारतका नेपालीपनि हिड्ने भएकोले अहिले नेपालीको उद्धार सम्भव नभएको प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकमा बताएका हुन् ।

भारतबाट कोरोना भित्रिन नदिन सीमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

भारतमा समस्यामा परेका नेपालीहरुलाई त्यहीँ रहेको नेपाली दूताबासले हेर्ने गरी परराष्ट्र मार्फत निर्देशन दिइने मन्त्रिपरिषद बैठकले बताएको छ ।