Simta
Simta
lekbesi

नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि,

Gurvakot

वैशाख २१ काठमाडौं । बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् जुन ७ देखि ५८ वर्ष उमेरका रहेको बताईएको छ ।यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।

lekbesi

तेस्तै पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा पनि आज कोरोना पुस्टि भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

ससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । तीमध्ये १५ जना निको भएर घर फर्किएका छन् ।

यो भन्दा अगाडी निको भएका १६ संक्रमित मध्ये रौतहटका एक जनामाथि पुन : कोरोना संक्रमण फेलापरेपछि नारयानी स्पतालमा आईसोलेसनमा राखेर उपचार गरिरहेको छ ।

Simta