राष्ट्रपतिले गरिन संसद अधिवेशन आह्वान,

वैशाख २१ काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते शुक्रबार ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

lekbesi

सरकारले गरेको सिफारिसको केही घण्टामै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने बाध्यता रहेको छ भने सोअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ ।