प्रधानमन्त्री ओलीको कुनै गुट क्याम्प छैन महासचिव बिष्णु पौडेल ,

वैशाख २२ काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र अब कुनै दरार नखोज्न महासचिव बिष्णु पौडेलले बता एका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी विरोध र राजिनामाको कुरा भने अतिरन्जित रहेको पौडेलले बताए ।

नेकपा पार्टी फुट्ने जुट्ने भन्ने अहिलेको आवस्यकता नरहेको र पार्टीमा आन्तरिक विवाद केहि नरहेको उनले बताए ।

lekbesi

प्रधानमन्त्री मात्र नभई सबै नेताबाट केहि गल्ति हुनसक्छ सबै मिलेर अगाडी बढ्ने भन्ने पार्टी भित्र छलफल भईसकेको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आत्माआलोचना पनि नगरेको यो असान्दर्भिक रहेको उनले बताए । सिंगो पार्टी एकता भई संस्थागत ढंगले नेकपा पार्टी अगाडी बढिरहेको उनले बताए ।

एकता भनेको कसैलाई देखाउन नभई देश र जनताको लागि रहेको र सचिवालय बैठकको निर्णयलाई स्थायी कमिटिको बैठकले प्रस्ट पार्ने बिष्णु पौडेलले बताए ।

प्रधानमन्त्री ओलीको कुनै गुट नरहेको र कुनै क्याम्पपनि नरहेको उनले प्रस्ट पारे । प्रधानमन्त्री ओलीको विपक्षिमा कोहि नरहेको र पार्टी भित्रका नेता सबै एक रहेको उनले बताए ।

नेकपा पार्टीलाई देखिनसक्ने हरुले गलत प्रचार बाजी गरेको मात्र हो अरु केहि होइन उनले भने ।

प्रधानमन्त्री ओली पाँच बर्षको प्रधानमन्त्री रहेको पनि उनले बताए । उपयुक्त समयमा वामदेव गौतमको समय आफै आउने पनि उनले बताए ।