गुर्भाकोट नगरपालिकामा संचालित सुन चाँदी व्यवसायीद्वारा भेरीगङ्गा नगरपालिकाको राहत कोषमा १६ हजार हस्तान्तरण ,

वैशाख २२ ,काठमान्डौ – गुर्भाकोट नगरपालिकाभित्र संचालित सुन चाँदी व्यवसायीको सहयोगमा भेरीगङ्गा नगरपालिकाको (कोभिड १९) राहत कोषमा रु १६ हजार सहयोग हस्तान्तरण गरिएको छ ।

सुन चाँदी व्यवसायी संघ उपसाखाका अध्यक्ष नर बहादुर सुनार गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका व्यवसायीहरु नगरपालिकाको कार्यालयमा पुगेर रकम हस्तान्तरण गरेका हुन् ।

नगरप्रमुख भुपेन्द्र चन्द र नगर उपप्रमुख रेणु ढकाललाई उक्त रकम हस्तान्तरण गरिएको हो । यो विषम परिस्तिथिमा रकम उपलब्ध गराएपछि सम्पूर्ण व्यवसायीहरुलाई भेरीगङ्गा नगरपालिका कार्यालयले धन्यवाद ज्ञापन गरेको छ ।

lekbesi

विश्वमै महामारीको रुपले आतंक फैलाएको कोभिड १९ को प्रतक्ष असर नेपालमा पनि देखिन सुरु गरेको छ ।कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले नेपालमा लकडाउन जारि गरेको छ ।

लकडाउनमा परि छाक टार्न मुस्किल रहेका अति विपन्न नागरिकलाई राहत स्वरुप कोषमा रकम जम्मा गरिएको अध्यक्ष नर बहादुर सुनारले जानकारी दिए ।

संघले हिजो पनि गुर्भाकोट नगरपालिकाको कोरोना राहत कोषमा रु २६ हजार आर्थिक सहयोग गरेको थियो ।