कर्णाली प्रदेशकाका सिमा नाका ७ दिन सम्मकोलागि बन्द ,

वैशाख २२ सुर्खेत – कर्णाली परदेशका सिमा नाका ७ दिन सम्मकोलागि बन्द गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिष विपद व्यवस्थापन केन्द्रको बैठकले कर्णालीका सिमा नाका पूर्ण रुपमा एक हप्ता सिल गरिएको जानकारी गरेको हो ।

छिमेकी प्रदेश बाँके नेपालगंजमा देखिएको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरि कर्णाली प्रदेश भित्रने सबै नाका बन्द गरिएको मुख्य्मन्त्रि मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको हो ।

lekbesi

तेस्तै प्रदेशका २५ स्थानमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय पनि बैठकले गरेको छ ।

हिजो मात्र बाँके नेपालगंजमा १५ जनामा कोरोना संक्रमित फेला परेका छन् । यो संगै नेपालगंजका मुख्य नाकापनि बन्द गरिएको छ ।

नेपालगंजमा कोरोनाका बिरामी एकै पटक १५ जना देखिएपछि कर्णाली प्रदेशलाई पनि खतराको घन्टी बजेको भन्दै तत्कालै बन्द गर्न माग गरिएको थियो ।

सरकारले गरेको काम कारवाही सबैले विनम्रका साथ् पालना गरि आफु पनि बच्ने र अरुलाई पनि बचाउने गर्न प्रदेश सरकारले आग्रह गरेको छ ।

छिमेकी प्रदेशको अवस्था हेरेर लकडाउन र सिमा नाका बन्दको समय थपिदै जानेपनि प्रदेश सरकारले जानकारी दिएको छ ।