ओली प्रचण्ड बीच वालुवाटारमा भेट वार्ता ,

वैशाख २२ काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड्बिच भेट्वार्ता भएपनि विषय भने थाहा नभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले बताए ।

दुईनेताबीच ३ दिनपछि बस्ने स्थायी कमिटिको छलफल गर्ने एजेण्डाका बारेमा कुराकानी भएको बुझिएको छ ।

lekbesi

२५ गते बस्ने स्थायी समिति बैठकमा पेश गर्ने एजेण्डा तय गर्न २४ गते सचिवालय बैठक बस्ने छ ।

स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय गर्ने जिम्मेवारी प्रचण्डले पाएका छन् ।गत शनिबार बसेको सचिवालय बैठकपछि ओली र प्रचण्डबीच सोमबार पहिलो पटक भेटवार्ता भएको हो ।

आईतबारमात्रै अध्यक्ष दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।