गुर्भाकोट ३ हिले टिम्मुरे सडकका कारण विद्यालय भत्किने डर खाने पानीको मूल बन्द ,

वैशाख २२ काठमान्डौ – गुर्भाकोट ३ मा हिले टिम्मुरे जोड्ने सडक खन्दा २ वटा खाने पानिका मूल पुरिदा गाँउमा खाने पानीको अभाव भएको छ ।

सडक खन्दा ढुङ्गा पहिरोले डोबको ठुल्चार खानेपानी र देवीथान खानेपानी मूल पूर्ण रुपमा बन्द भएपछि स्थानियलाई खाने पानिको अभाव भएको स्थानिय शिक्षक हिरालाल खत्रीले बताए ।

सडक खन्दा निस्केको माटो ढुंगाले गर्दा श्री सरस्वति नेपाल रास्ट्रीय प्रावि डोब उच्च जोखिममा रहेको समेत उनले बताए ।

lekbesi

अब वर्षा सुरु हुन लागेको र पहिरोले विद्यालयनै बगाउन सक्ने स्थति रहेको खत्रीले जानकारी दिए । सडक खन्दा पनि केहि विवाद भएको उनले बताए ।

विद्यालय खाने पानि मूल देखि डोबका केहि घर उच्च जोखिम छन्, हामीले खानेपानिका मूल भौतिक संरचना बचाएर खन्न आग्रह गरेका हौ ।यसमा सम्बन्धित निकायको ध्यान अझै पुगेको छैन उनले भने ।

पानीका दुवै मूल बन्द र पानीको श्रोत अन्त नभएपछि अहिले स्थानिय ५ सय मिटर टाढाबाट पानि बोकेर खान बाध्य भएको हिरालाल खत्रीले बताए ।