विद्यार्थी भर्ना लिनेबारेमा कुनै निर्णय भएको छैन शिक्षा मन्त्रालय,

वैशाख २२ काठमान्डौ – विद्यार्थी भर्ना सम्बन्धि कुनै निर्णय नभएको शिक्षा मन्त्रालयले जानकारी गरेको छ ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले अर्को सूचना जारी नभएसम्म भर्ना नगर्न र परीक्षाका कार्यक्रम तय नगर्न विज्ञप्ति मार्फत विद्यालय र क्याम्पसहरुलाई आग्रह गरेको छ ।

हाल विश्वमा कोरोना महामारीको संक्रमण बढ्दो रहेको र जसको असर नेपालमा पनि देखिन थालेपछि विद्यालय भर्ना नलिन मन्त्रालयले सम्बन्धित निकाय्हरुलाई आग्रह गरेको छ ।

lekbesi

साथै मन्त्रालयले भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाईन पठनपाठनको नाममा शुल्क लिन वा बैंक खातामा रकम जम्मा गर्न लगाइने जस्ता कार्य रोक्न समेत आग्रह गरेको छ ।

मन्त्रालयले एसईई र कक्षा ११ र १२ को परीक्षाका सम्बन्धमा समेत सरकारले सुक्ष्म अध्ययन गरिरहेकोले परीक्षा सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।