नेपालगञ्जमा थप सात जनामा कोरोना पुस्टि ,

वैशाख २३ ,काठमान्डौ – नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण भेटिएको छ।नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् ।

चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताए ।

यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए ।योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित संख्या ८२ पुगेको छ ।

lekbesi

ति मध्ये १६ जना निको भएर घर फर्केका छन् । निको भएर घर गएका रौतहटका एक युवकमा भने पुन : कोभिडको लक्षन देखिएपछि नारायणी अस्पतालमा उपचार भईरहेको छ।