भारतमा कोरोनाबाट एकै दिन १९५ जनाको मृतु मृतकको संख्या १५ सय नाघ्यो ,
वैशाख २३ ,काठमान्डौ – भारतमा कोरोना भाइरसबाट एकैदिन १९५ जनाको मृत्यु भएको छ ।
यो संगै भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६८ पुगेको बताएको हो ।
तेस्तै भारतमा समग्र कोरोना संक्रमितको संख्या ४६ हजार चार सय ३३ पुगेको छ ।
भारतमा दैनिक जस्तो संक्रमितको संख्या पनि बढिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भारतमा अहिले सम्म १२ हजार सात सय २७ संक्रमित निको भएर घर फर्केका छन् ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १४ हजार पाँच सय ४१ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या पाँच सय ८३ पुगेको छ ।
त्यस्तै गुजरातमा पाँच हजार आठ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने तीन सय १९ जनाको मृत्यु भइसकेको छ ।
मध्य प्रदेशमा पनि दुई हजार नौ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा एक सय ६५ जनाको मृत्यु भइसकेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार सात सय ६६ जनामा संक्रमण देखिँदा ५० जनाको मृत्यु भइसकेको छ ।
पश्चिम बंगालमा पनि एक हजार दुई सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक सय ३३ जनाको मृत्यु भइसकेको छ ।
बिहारमा अहिलेसम्म पाँच सय २८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने चारजनाको मृत्यु भएको छ ।