जाजरकोटका मेयर घर्तिमाथि कुट्पिट गर्ने युवा संघ जाजरकोट संयोजक निलम्बित,

वैशाख २३ ,काठमान्डौ – भेरी नगरपालिका जाजरकोटका मेयर चन्द्र प्रकाश घर्ती माथिकाे कुटपिटमा संलग्न भनिएका राष्ट्रिय युवासंघ नेपालका जाजरकोट संयोजक दीपेन्द्र शाहीलाई युवासंघले निलम्बन गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै आफ्नोअन्तरिम विधानअनुसार शाहीलाई संगठनका सबै जिम्मेवारीबाट निलम्बन गरिएको जनाएको छ ।

घर्तिमाथि गत बैशाख १३ गते कर्णाली प्रदेश जेस्ठ कम्युनिस्ट मंचका सदस्य मधु चन्दको दाहससंस्कार गरेर फर्किदै गर्दा कुट्पिट भएको थियो ।

lekbesi

घटनाबारे छानबिन गर्न संघले एक छानबिन समिति पनि गठन गरेको छ । संघका संयोजक रामप्रसाद सापकोटा (दीपशीखा) का अनुसार, १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको हो ।

समितिमा संघका केन्द्रीय सदस्यहरू मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र भीम जीसी सम्मिलित छन् ।

आक्रमण शाही नेतृत्वको समूहले गरेको आरोप लागिरहेका बेला संघले उनीमाथि निलम्बन गर्दै छानबिन थालेकाे हो ।