Simta
Simta
lekbesi

भारतबाट नेपाल आएका नेपालि नागरिकलाई भारतिरनै फर्काईयो ,

Gurvakot

वैशाख २३ ,काठमान्डौ – भारतको विभिन्न स्थानबाट नेपाल भित्रिएका नेपालीलाई पुन भारतको क्वारेईनटाईनमा फर्काईएको छ ।

धनुषाको महिनाथपुर र ईनर्वा क्षेत्रबाट नेपाल प्रवेश गरेका २४ जनालाई सशस्त्र प्रहरीले रोकेर दुई दिन पालमा राखेर पुनः भारती तर्फ पठाइएको छ।

आइतबार रातिदेखि महिनाथपुर १३ र इनर्वा नाकामा सोमबार बिहान आइपुगेका ११ जनालाई भारतीय क्‍वारेन्टाइन पठाइएको हो ।

lekbesi

भारतीय क्‍वारेन्टाइनमा १५ दिन बिताएर बालबच्चासहित भारतीय क्‍वारेन्टाइनको कागजपत्र लिई नेपाल फर्किएकालाई सशस्त्र प्रहरीले दुई दिन राखी भारत तर्फ पर्काएको छ।

अलपत्र परेका नेपालि हरु भने भारतको बिहार राज्य राजनगर स्थित सिमरीमा १५ दिन क्‍वारेन्टाइन बसेर नेपालको नाकामा आएका हुन् ।

अहिले नाकाबाट सशस्त्र प्रहरीले माथिको आदेशभन्दै भित्र पस्न दिएन ,चौरमा राखेको छ ।

हामि भारत जन्नौ नेपालीमाटोमा आएका छौ बरु हामीलाई कुनै विद्यालयमा राखियोस् चौरम रातभर मच्चरले टोक्ने गरेको छ न खान न पानि छ।

धेरै बाल बच्चासहितका छन् महोत्तरीको भंगहा नगरपालिकाका सितापुरका यन्दल सदाले दुख पोखे

भारतीय प्रहरी मार्फत उतै पठाईएको सशस्त्र प्रहरी उपरिक्षक राजेश उप्रतिले जानकारी दिए। उनले भने, ‘नेपालमा रहेकोलाई नेपालमै राख्ने र भारतमा रहेकोलाई भारतमै राख्ने माथिल्लो स्तरमै सहमति भएको छ, हामीले केही गर्न सक्दैनौं, हामी त कानूनको कार्यान्वयन निकाय मात्र हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारले सिमामा प्रदेशसरकारसंग संघीय सरकारको समन्वयन नभएकाले नेपालीहरु यसंतो विपद्को बेला समेत भारतीय भुमिमा बस्न बाध्य भएको बताए।

‘भारतीय क्‍वारेन्टाइनबाट नेपाल आइसकेकोलाई फेरी भारत फर्काउन मिल्दैन, हाम्रो देशको हाम्रो प्रदेशका् नागरिक हो, कसरी राख्ने हाम्रो जिम्मेवारी हो, तर सुरक्षा निकाय हामीलाई जानकारी गराएन, संघीय सरकारले जे भन्यो, त्यही मान्छ।

Simta