Simta
Simta
lekbesi

लकडाउन खुकुलो बनाउनुपर्छ गृहमन्त्री बादल ,

Gurvakot

वैशाख २३ ,काठमान्डौ – गृहमन्त्री राम बहादुर थापा बादलले कोरोना संक्रमण महामारीबाट बच्न लगाईएको लकडाउन खुकुलो पार्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा बोल्दै मन्त्रि थापाले सर्तसहित लकडाउनलाई खुकुलो पार्न बताएका हुन् ।

थापाले भने कोरोना महामारीको संकट तोड्न विश्वले अपनाएको उपाय लकडाउन हो तर यसले देशमा आर्थिक संकट, बेरोजगारी समस्या सामाजिक र राजनीतिक असन्तोष निम्तिएको छ ।

 

lekbesi

त्यसैले शर्तसहित अब लकडाउन खोल्नुपर्छ’ लकडाउन कहिलेबाट खोल्ने भन्नेबारेमा भने थापाले केहि बोलेनन् सरकारले गरेको लकडाउनको मिति २५ गते सकिदै छ।

Simta