सल्यानमा चट्याङ्ग लागेर एक जनाको मृतु पाँच जना घाईते ,

वैशाख २३ ,काठमान्डौ – सल्यानमा आज बिहान करिब १० बजे तिर परेको चट्याङले एक जनाको मृतु भएको छ भने पाँच जना घाईते भएका छन्।

सल्यान कुमाख गाउँपालिका वडा नं ३ गुरूदासेे चिनाली निबासी नेकपाका वडासचिव तथा गाउँसभा सदस्य अतिराम रानाको घरमा चट्याङ परेको हो।

चट्याङ लागेर रानाको ६ वर्षकी छाेरी हिमाली रानाको मृत्यु भएको हो भने दिपा राना,याम बहादुर राना,टेकबहादुर राना र रणसिहं राना घाईते भएका छन् ।

lekbesi

चट्याङ्गबाट अतिराम राना पनि घाईते भएका छन् ।उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भईरहेको छ।

मौसमका कारण भने कुमाखमा हाम्रो फोन सम्पर्क हुनसकेन ,कुमाख गाँउपालिका वडा न ४ का वडा अध्यक्ष तिल बिर बुढाले घटना घटेको आफुलाई पनि जानकारी भएको तर फोन सम्पर्क गर्न खोज्दा भने फोन नलागेको जानकारी दिए ।