नेपालगन्जमा सेना परिचालन,

वैशाख २३ ,काठमान्डौ – बाँकेको नेपालगन्जमा सेना परिचालन गरिएको छ ।नेपालगन्जमा कोरोना संक्रमण ह्वात् बढेपछि आजबाट २५ गते रातिसम्म लागु हुनेगरी नेपालगन्ज उपमहानगर क्षेत्रमा निषेधज्ञा जारी गर्दै सेना परिचालन गरिएको हो ।

नेपालगन्जमा आज मात्र ७ जनामा कोरोना फेला परेको छ सातैजना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् ।

यसअघि आइतबार नेपालगन्जमै १५ जना संक्रमित फेला परेका थिए । पहिलो व्यक्तिको सम्पर्कमा आएका ९० जनाको परीक्षण गरिएकोमा २२ जनामा संक्रमण देखिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

lekbesi

अहिले सम्म कोरोना देखिएका सबै एकै टोलका रहेका उनले बताए जसमा ७ वर्षीय बालकदेखि ६० वर्षसम्मका छन् ।

तर यी सबै नेपालि रहेको पनि उपाध्याले बताए उनका अनुसार स्वास्थ्यकर्मी, नेपाली सेनासहितको टोली सुरक्षामा सक्रिय भएको छ ।

सीमा क्षेत्रमा पूर्णरुपमा कडाइ गरिएको र महानगरभित्र प्रवेशमा रोक लगाइएको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ नेपालगन्जमा आज मात्र निषेधज्ञा पालना नगरेपछि तनाव ग्रस्त भएको थियो