Simta
Simta
lekbesi

लकडाउनको विषयमा भोलिको मन्त्रिपरिषद्‍ले टुंगो लगाउने,

Gurvakot

वैशाख २३ ,काठमान्डौ – कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको छ ।

कोरोना संक्रमण नेपालमा अझै बढिरहेको छ ,।हाम्रो नीति भनेको कोरोनालाई शुन्यमा झार्नु हो ।

कोरोनाबाट कसैले पनि नेपालमा ज्यान गुमाउनु नपरेस भनेर लकडाउनलाई निरन्तरता दिने र पालना गराउने सरकारलाई सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए।

lekbesi

के कति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ,उनले भने ।

सरकारले कोरोना नियन्त्रणका लागि लिएको बाटो सही भएको पनि बैठकले निश्कर्ष निकालेको उनले बताए ।

अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ ।

सरकारले गत चैत ११ गते देखि गरेको लकडाउन बैशाख २५ गते सकिदै छ ,गृहमन्त्री राम बहादुर थापा बादलले भने अब केहि शर्त लागु गरेर लकडाउन खुकुलो पार्ने बताएका छन्।

Simta